Shabana Azmi to play

shabanaRenowned Indian actors Shabana Azmi and Farooque Shaikh will be staging the acclaimed play Tumhari Amrita in Kathmandu on 16 September as part of a fund-raising drive for the Spinal Injury Rehabilitation Centre (SIRC) in Kabhre.

Tumhari Amrita was written by Javed Siddiqui and is directed by Feroz Abbas Khan, the well-known Indian theater personality. The play is a love story in a unique format: the tale unfolds through a series of letters written over 35 years between Amrita (played by Azmi) and Zulfi (played by Shaikh).

Beginning in 1940 with an invitation to Amrita’s eighth birthday party, the two friends come closer against the backdrop of India’s tumultuous history: from Independence and Partition in 1947 to the Emergency of 1975, and subsequent events. As the two correspondents discuss these and other happenings, their letters are marked by wit,
jibes, arguments and inevitable patch-ups.

Soon the friends evolve into different and complex personalities. Zulfi is an honest politician in their native Lucknow, while Amrita becomes a painter and a lost soul, travelling through Europe before returning, emotionally unstable, to India. Their bond, however, remains strong throughout, until the play reaches its tragic conclusion.

Says Shabana Azmi: “We look forward to playing before the Kathmandu audience, where I believe the theatre world has advanced greatly in recent years. I am also happy to be putting up a play whose proceeds will go to further the rehabilitation of the victims of spinal injuries.”

The proceeds of this play will go toward building halfway homes for the patients of SIRC so they can adjust to their home environment.

“We are happy that the two actors and the director have agreed to our request, and thank the BP Koirala Foundation and the Indian Embassy for their helping hand in making this unique event possible,” says SIRC founder Kanak Mani Dixit.

Tumhari Amrita
Kamal Mani Theatre, Patan Dhoka
16 September, 6PM
Tickets will be available from
31 August at Dhokaima Cafe, Patan Dhoka, 5522113 and
Madhu Shrestha, Jyoti Bhawan, Kantipath, 4252665

infosirc@wlink.com.np

Courtesy: Nepali Times

मेरुदण्डको पक्षघात बढ्दो

जीवनयापनको क्रममा भीर, रुखबाट लडेर …मेरुदण्ड पक्षघात’ हुनेहरुको संख्या बढ्दो क्रममा रहेको छ। राजधानीमा २०६६ साउन २५ गते भएको मेरुदण्डको चोटका कारण पक्षघात भएका व्यक्तिहरुको राष्ट्रिय परामर्श गोष्ठीमा परामर्श दिने क्रममा विज्ञहरुले सो जानकारी दिएका हुन। नेपालमा मेरुदण्डको चोटका कारण पक्षघात भएका रोगीहरुको संख्या १७ हजारभन्दा बढी भएको अनुमान सम्बन्धित चिकित्सकको छ।
काठमाडौं मोडल अस्पतालका न्यूरो सर्जन बसन्त पन्तका अनुसार नेपालमा भीरबाट , रुखबाट खसेर मेरुदण्ड भाँचिनेहरुको संख्यामात्र ७० प्रतिशत छ। …हामीकहाँ जीवनयापनकै क्रममा यो समस्या बढी हुने गरेको छ’– पन्तले भने।
सक्रिय उमेरका मानिसहरुमा यो समस्या बढी हुने गरेको पन्त बताउँछन। उनका अनुसार बच्चाहरुको शरीर लचिलो भएकाले समस्या नरहने र बुढापाका जोखिमपूर्ण कामा नजाने गर्दा यो समस्या सक्रिय उमेरमा बढी हुने गरेको हो।
१६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई बढी चोटपटक लाग्ने गरेको विशेषज्ञ बताउँछन।,
नेपालमा मेरुदण्डको घाइते बढ्दो रुपमा रहेको उनीहरुको भनाई छ। …भीरबाट लड्ने र सडक दुर्घटनामा परेर यो समस्या बढ्दै छ, तर सरकारले यो समस्या बुझ्न सकेको छैन’– नेपाल स्पाइनल इनजरी पुनर्स्थापना केन्द्रका अध्यक्ष कनकमणि दीक्षितले सरकारी नीतिलाई इंगित गर्दै भने।
डा. पन्तका अनुसार मेरुदण्डमा चोटपटक लाग्दा तथा अन्य कारणले पक्षघात हुने समस्या बढेको हाृ। मेरुदण्डमा चोट लागेको भागदेखि तलका भाग नचल्नुनै मेरुदण्डको पक्षघात हो। यो समस्या केही मात्रामा समाधान हुने भए पनि धेरैजसो उपचार नगरेर पनि निको नभएपछि समस्या रहिरहन्छ। …नेपालले अन्तर्राष्ट्रिय स्तरमै यो रोगको उपचार गर्न सक्छ तर कतिपय उपचार गरेर पनि सम्भब हुँदैन’ डा. पन्तले भने। उनका अनसार घाइते भएको १४ दिन काटेपछि पक्षघातबाट बचाउने सम्भावना कम हुन्छ।
पक्षघातपछि पनि मानसिक स्थिति बलियो हुने भएकाले यस्ता व्यक्तिलाई रोगीका रुपमा लिन नहुने डा. पन्तको भनाई छ। …खुट्टा चल्दैन, तर दुःख्छ, दिमागले राम्ररी काम गर्छ’– डा. पन्तले भने।
पक्षघात भएपछि पनि यस्ता व्यक्तिलाई पुनःस्थापना गरी राष्ट्र र परिवारको हितमा प्रयोग गर्न सकिने धारणा विज्ञहरुको छ।
मेरुदण्डको पक्षघात भएका व्यक्ति तथा  तिनका परिवारले समस्या’bout परामर्श नहुँदा समाजमा समस्या भोग्नु परेको डा. पन्त बताउँछन। मनोपरामर्श, अन्य परामर्श, चिकित्सा परामर्श आर्थिक सशक्तिकरणजस्ता पक्षमा ध्यान दिनु पर्ने उनको सुझाव छ।
गोष्ठीमा सहभागी हाडजोर्नी विशेषज्ञ अनिलबहादुर श्रेष्ठ तथा पत्रकार कनकमणि दीक्षितले देशव्यापी रुपमा मेरुदण्डको पक्षघातसम्बन्धि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिए। अस्पतालमा मेरुदण्डका घाइतेका लागि पुनस्थापाना खोल्नु पर्ने डा. श्रेष्ठको भनाई थियो।
गोष्ठीमा देशका विभिन्न भागबाट मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको सहभागिता थियो। गोष्ठीका जनयुद्ध घाइते, लोकगायक खड्ग गरबुझा, पप गायक रवि बज्राचार्यलगायतका व्यक्तिहरु सहभागी छन।
नागरिक दैनिकमा पवित्रा सुनारको रिपोर्ट

स्पाइनल कर्ड इन्जुरी’bout फिल्म

सम्वभत पहिलो पटक स्पाइनल कर्ड इन्जुरी’bout फिल्म बन्न लागेको छ । सञ्जय लिला भन्सालीले ब्लाकजस्तै मन छुने सिनेमा गुजारिस बनाउने भएका छन । यो फिल्ममा हृतिक रोशनले ऐश्वर्य रायसँग व्हीलचेयरमा बस्ने प्याराप्लेजिक (पक्षघातयुक्त)व्यक्तिको भूमिका निर्वाह गर्ने छन ।
उनले स्पाइन कर्ड इन्जुरी अर्थात मेरुदण्डको चोटका कारण अनुभूति र हिडडुल गर्ने क्षमता गुमाएका एक विरामीको भूमिका गर्नेछन । स्पाइनल कर्ड इन्जुरीपछि बिमारीहरु यात व्हीलचेयरको भर पर्छन ।
गुजारिसमा हृतिकले एक रेडियो शो होस्ट अर्थात आरजेको भूमिका निर्वाह गर्नेछन । प्याराप्लेजिक भए पनि एक आकर्षक र प्रतिभावान युवाको भूमिकामा उनी देखा पर्नेछन । ऐश्वर्य रायले हृतिकको नर्सको भूमिका निर्वाह गर्ने छिन ।उनी एक विवाहित महिला भए पनि हृतिकप्रति आर्कषित हुन्छिन ।
यो फिल्ममा इच्छा मृत्यु वा दयापूर्वक हत्याको पनि विषय उठान गरिएको छ । उनले यो फिल्ममा वास्तविक रुपमै व्हीलचेयर प्रयोगकर्ता प्याराप्लेजिकको भूमिका निर्वाह गर्नका लागि स्पाइनल इन्जुरी भएका व्यक्तिहरुसँग पनि सम्पर्क गरेको उनी निकट स्रोतले बताएको छ ।
निर्माण स्रोतका अनुसार हृतिकले सही ढङ्गबाट व्हीलचेयर चलाउने प्रयासमात्र गरेका छैनन कसरी प्याराप्लेजिकहरुले बोल्छन हेर्छन र प्रतिक्रिया जनाउछन भन्ने पक्षमा पनि ध्यान दिएका छन । उनले प्याराप्लेजिकसम्बन्धी पुस्तकहरुको पनि अध्ययन गरिरहेका छन ।
घरमा पनि उनी व्हीलचेयर चलाउने अभ्यास गरिरहन्छन ।
हृतिकको घरमा यतिखेर यातायातको नयाँ साधन बनेको छ व्हीलचेयर । बाबु व्हीलचेयरमा हिडेको देखेर उनका छोराहरुले खुबै मनोरञ्जन लिने गरेका छन ।
निर्देशक भन्सालीले पनि यो फिल्मलाई सजीव र यथार्थ परक बनाउन विशेष पहल गरेका छन । उनी आफैले हृतिकलाई व्हीलचेयर प्रयोग र प्याराप्लेजिकहरुका ’boutमा सन्दर्भ सामग्री जुटाइ दिने गरेका छन ।
यसअघि गुरुमा विद्या बालनले व्हीलचेयर प्रयोग गर्ने युवतीको सजीव भूमिका निर्वाह गरेकी थिइन ।
हृतिकले यो फरक ढंगको भूमिकालाई चुनौतीपूर्ण मानेका छन । उनले आफ्ना बुबा राकेह रोशनको कोइ मिल गयामा मानसिक रुपमा नबढेको एक युवाको भूमिका निर्वाह गरेका थिए ।
ब्ल्याकमा रानी मुखर्जीले एक अन्धीको हृदय छुने भूमिका निर्वाह गरेकी थिइन भने अमिताभ बच्चनले बूढेशकालमा विर्सने रोग (अल्जाइमर्स) भएको व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

मेरुदण्डको चोट

दुर्घटना वा अन्य कारणले मेरुदण्डमा चोट लागेमा मेरुदण्डको बीचबाट जाने सुषुम्नामा चोट लागेपछि गतिशीलता वा अनुभूति नै अवरुद्ध हुन पुग्छ । विशेष गरी मोटर वा मोटरसाइकल दुर्घटना, घर वा रुखबाट खसेर अथवा मेरुदण्डमा हुने क्षयरोग, पोलियो स्पीना बिफिदाजस्ता रोगका कारण मेरुदण्डमा चोट पुग्छ । मेरुदण्डमा चोट पुग्नासाथ यसले आफूले गर्नु पर्ने आधारभूत काम गर्न सक्दैन, अझ चोट सुषुम्नामै पुगेपछि चोट लागेको स्थान देखि मुनिका सबै अंगमा सूचना प्रवाह हुन अवरुद्ध हुन्छ । सुषुम्नाको चोट ढाडको पीडा वा अन्य रोगभन्दा फरक प्रकृतिको समस्या हो । कतिपय अवस्थामा मेरुदण्डमा चोट पुगे पनि त्यसले सुषुम्नामा आघात नपुगेको भए ठूलो समस्या पर्दैन, तर मेरुदण्डको कुनै पनि भागमा चोट लागि त्यसले सुषुम्नामा चोट पुग्न गएमा त्यसको असर गम्भीर हुनजान्छ ।
सुषुम्नाको चोट मूलत दुई किसिमको हुन्छ । अर्द्ध आघात र पूरण आघात । अर्द्ध आघात लागेका बिरामीहरुको हात खुट्टा चल्ने वा अनुभूति हुने हुन सक्छ । तर पूर्ण आघात लागेमा भने आघात परेको भागभन्दा मुनि केही पनि सूचना मष्तिष्कसम्म पुग्दैन । अंग्रेजीमा यो अवस्थालाई क्वाटर प्लेजिया र प्याराप्लेजिया भनिन्छ ।

कतिपय व्यक्तिहरुको मेरुदण्डका कुनै पनि अंग (गर्दनसमेत) भाँचिए पनि सुषुम्नामा चोट पुगेको छैन भने उनीहरुले पक्षघातको सामना गर्नु पर्दैन । केही समयको बेड रेस्टपछि यस्ता व्यक्ति फेरि सामान्य अवस्थामा फर्कन सक्छन ।
वास्तवमा सुषुम्ना हड्डीहरुको औंठीभित्र सुरक्षित अत्यन्तै संवेदनशील नशाहरुको कोमल भाग हो । अंग्रेजीमा भर्टेब्रा भनिने हड्डीभित्र यो बगेको हुन्छ । मेरुदण्डको मूल हड्डीमा बढी चोट लागेको व्यक्तिले त्यतिनै बढी समस्या झेल्नु पर्छ । भर्टेब्रालाई त्यसको अवस्थितअनुसार नामांकन गरिएको छ ।
गर्धनमा भएका आठ हड्डी जसलाई सर्वाइकल भर्टेब्रा भनिन्छ, यसमा चोट लागेमा हातदेखिकै अंगले काम गर्न छाड्छ । यसैलाई क्वाटरप्लेजिया भनिन्छ ।

डाक्टरहरुले सुषुम्नाको चोटको स्तरलाई एसिया ए, एसिया बी, एसिया सी र एसिया डी गरी चार भागमा बाँडेर विश्लेषण गर्ने गर्छन ।
चारै हात खुट्टाको पक्षघात (क्वाटर प्लेजिया):

सुषुम्नाको मूल बाटो अर्थात मतिष्कबाट निस्केर आएको घाँटीको हाड भाँचिएर त्यसले सुषुम्नामा आघात परेमा हात खुट्टासमेत चल्दैन । दिसा पिसाब’bout कुनै सूचना शरीरले थाह पाउँदैन ।
कम्मरमुनिको पक्षघात (प्याराप्लेजिया):

छातीदेखि पुछ्रे हाड -चाके हाड)सम्म कुनै पनि भागको मेरुदण्डमा चोट लागेर सुषुम्नामा चोट पुगेमा त्यसभन्दामुनिको सम्पूरण अंगमा पक्षघातको अवस्था हुनजान्छ । दिसा पिसाबमा नियन्त्रण हुँदैन ।
मेरुदण्डको बनावट

सुषुम्नाको बनावट
मेरुदण्डको प्रमुख तीन काम हुन्छन

  • सुषुम्ना, तथा शरीरका आन्तरिक अवयवको सुरक्षा गर्नु
  • शरीरलाई सिधा बनाइरहनका लागि ढाँचागत सहायता र संतुलन उपलब्ध गराउनु
  • गतिशीलतामा लचीलोपन बनाइरहनु

मेरुदण्डक हड्डीका क्षेत्र
सामान्यतया मेरुदण्डका हड्डीहरुलाई चार मुख्य क्षेत्रमा विभाजित गर्ने गरिन्छ: सर्वाइकल (गर्दन), थोरासिक (छाती), लम्बर (ढाडको तल्लो भाग) र सेक्रल (पुछ्रे/चाके हाड)

सर्वाइकल स्पाइन
मेरुदण्डक हड्डीको गर्दनको ’roundको भाग सर्वाइकल स्पाइन भनिन्छ । यो क्षेत्रमा सात टुक्रा हुन्छन, यसलाई C1 देखि C7  भनिन्छ । यी हड्डीका टुक्राले मस्तिष्कलाई सुषुम्नासँग जोडने भाग र सुषुम्नाको  रक्षा गर्छन । टाउकोलाई  सहारा दिन्छन र टाउको यताउता चलाउन सहयोग गर्छन ।

थोरसिक स्पाइन
गर्दनको अन्तिम भागको ठीकमुनिबाट थोरासिक स्पाइनको १२ वटा हड्डीको सृङ्खला हुन्छ । यसलाई माथिबाट तलसम्म  T1 बाट T12 भनिन्छ । T1 सबैभन्दा सानो र T12 सबैभन्दा ठूलो थोरासिक हड्डी हो । थोरासिक सृङ्खलाका सर्वाइकल हड्डिहरुभन्दा ठूला हुन्छन । यो भाग छातीसँग पनि जोडिएको हुन्छ । करङसँग पनि जोडिएकाले यो भाग केही बलियो हुन्छ ।

लम्बर स्पाइन
लम्बर स्पाइनमा ५ वटा हड्डीका टुक्रा हुन्छन जसलाई  L1 देखि L5 ले चिनिन्छ ।  यसका प्रत्येक हाडका  आकार-प्रकार यसरी डिजाइन गरिएको हुन्छ कि  शरीरको अधिकांश भार उठाउन सकोस । लम्बरका हड्डीका प्रत्येक संरचना तत्त्व, सर्वाइकल और थोरासिक क्षेत्रमा रहेका त्यसका बराबर अन्य मेरुदण्डका हड्डीका तुलनामा केही मोटो ठूलो र फराकिलो हुन्छ । ।

क्रल स्पाइन
सक्रम कम्मरको ठीक मुनि हुन्छ। पाँच हड्डि (S1 बाट S5) त्रिकोणीय आकारमा आपसमा जोडिएका हुन्छन ।

परिचय

यो मेरुदण्डको चोटसम्बन्धी सूचना प्रवाह गर्न मेरुदण्डको चोटबाट पीडित एक नेपाली पत्रकारद्वारा नेपाली भाषामा सञ्चालित ब्लग हो । यो ब्लगको मूल उद्देश्य मेरुदण्डको चोट’bout सबै किसिमका सूचना प्रवाह गर्नु हो । यसका सामग्री प्रतिलिपि अधिकारद्वारा संरक्षित भए पनि व्यावसायिक वा विज्ञापन प्रयोजनबाहेक सबैले उपयोग गर्न सक्नु हुनेछ । विशेष गरी कुनै पनि सञ्चारमाध्यममा यस्ता सूचना प्रवाहित गरिदिनु भएमा हामी अनुग्रहित हुन छौं ।