मेरुदण्डको चोट

दुर्घटना वा अन्य कारणले मेरुदण्डमा चोट लागेमा मेरुदण्डको बीचबाट जाने सुषुम्नामा चोट लागेपछि गतिशीलता वा अनुभूति नै अवरुद्ध हुन पुग्छ । विशेष गरी मोटर वा मोटरसाइकल दुर्घटना, घर वा रुखबाट खसेर अथवा मेरुदण्डमा हुने क्षयरोग, पोलियो स्पीना बिफिदाजस्ता रोगका कारण मेरुदण्डमा चोट पुग्छ । मेरुदण्डमा चोट पुग्नासाथ यसले आफूले गर्नु पर्ने आधारभूत काम गर्न सक्दैन, अझ चोट सुषुम्नामै पुगेपछि चोट लागेको स्थान देखि मुनिका सबै अंगमा सूचना प्रवाह हुन अवरुद्ध हुन्छ । सुषुम्नाको चोट ढाडको पीडा वा अन्य रोगभन्दा फरक प्रकृतिको समस्या हो । कतिपय अवस्थामा मेरुदण्डमा चोट पुगे पनि त्यसले सुषुम्नामा आघात नपुगेको भए ठूलो समस्या पर्दैन, तर मेरुदण्डको कुनै पनि भागमा चोट लागि त्यसले सुषुम्नामा चोट पुग्न गएमा त्यसको असर गम्भीर हुनजान्छ ।
सुषुम्नाको चोट मूलत दुई किसिमको हुन्छ । अर्द्ध आघात र पूरण आघात । अर्द्ध आघात लागेका बिरामीहरुको हात खुट्टा चल्ने वा अनुभूति हुने हुन सक्छ । तर पूर्ण आघात लागेमा भने आघात परेको भागभन्दा मुनि केही पनि सूचना मष्तिष्कसम्म पुग्दैन । अंग्रेजीमा यो अवस्थालाई क्वाटर प्लेजिया र प्याराप्लेजिया भनिन्छ ।

कतिपय व्यक्तिहरुको मेरुदण्डका कुनै पनि अंग (गर्दनसमेत) भाँचिए पनि सुषुम्नामा चोट पुगेको छैन भने उनीहरुले पक्षघातको सामना गर्नु पर्दैन । केही समयको बेड रेस्टपछि यस्ता व्यक्ति फेरि सामान्य अवस्थामा फर्कन सक्छन ।
वास्तवमा सुषुम्ना हड्डीहरुको औंठीभित्र सुरक्षित अत्यन्तै संवेदनशील नशाहरुको कोमल भाग हो । अंग्रेजीमा भर्टेब्रा भनिने हड्डीभित्र यो बगेको हुन्छ । मेरुदण्डको मूल हड्डीमा बढी चोट लागेको व्यक्तिले त्यतिनै बढी समस्या झेल्नु पर्छ । भर्टेब्रालाई त्यसको अवस्थितअनुसार नामांकन गरिएको छ ।
गर्धनमा भएका आठ हड्डी जसलाई सर्वाइकल भर्टेब्रा भनिन्छ, यसमा चोट लागेमा हातदेखिकै अंगले काम गर्न छाड्छ । यसैलाई क्वाटरप्लेजिया भनिन्छ ।

डाक्टरहरुले सुषुम्नाको चोटको स्तरलाई एसिया ए, एसिया बी, एसिया सी र एसिया डी गरी चार भागमा बाँडेर विश्लेषण गर्ने गर्छन ।
चारै हात खुट्टाको पक्षघात (क्वाटर प्लेजिया):

सुषुम्नाको मूल बाटो अर्थात मतिष्कबाट निस्केर आएको घाँटीको हाड भाँचिएर त्यसले सुषुम्नामा आघात परेमा हात खुट्टासमेत चल्दैन । दिसा पिसाब’bout कुनै सूचना शरीरले थाह पाउँदैन ।
कम्मरमुनिको पक्षघात (प्याराप्लेजिया):

छातीदेखि पुछ्रे हाड -चाके हाड)सम्म कुनै पनि भागको मेरुदण्डमा चोट लागेर सुषुम्नामा चोट पुगेमा त्यसभन्दामुनिको सम्पूरण अंगमा पक्षघातको अवस्था हुनजान्छ । दिसा पिसाबमा नियन्त्रण हुँदैन ।
मेरुदण्डको बनावट

सुषुम्नाको बनावट
मेरुदण्डको प्रमुख तीन काम हुन्छन

  • सुषुम्ना, तथा शरीरका आन्तरिक अवयवको सुरक्षा गर्नु
  • शरीरलाई सिधा बनाइरहनका लागि ढाँचागत सहायता र संतुलन उपलब्ध गराउनु
  • गतिशीलतामा लचीलोपन बनाइरहनु

मेरुदण्डक हड्डीका क्षेत्र
सामान्यतया मेरुदण्डका हड्डीहरुलाई चार मुख्य क्षेत्रमा विभाजित गर्ने गरिन्छ: सर्वाइकल (गर्दन), थोरासिक (छाती), लम्बर (ढाडको तल्लो भाग) र सेक्रल (पुछ्रे/चाके हाड)

सर्वाइकल स्पाइन
मेरुदण्डक हड्डीको गर्दनको ’roundको भाग सर्वाइकल स्पाइन भनिन्छ । यो क्षेत्रमा सात टुक्रा हुन्छन, यसलाई C1 देखि C7  भनिन्छ । यी हड्डीका टुक्राले मस्तिष्कलाई सुषुम्नासँग जोडने भाग र सुषुम्नाको  रक्षा गर्छन । टाउकोलाई  सहारा दिन्छन र टाउको यताउता चलाउन सहयोग गर्छन ।

थोरसिक स्पाइन
गर्दनको अन्तिम भागको ठीकमुनिबाट थोरासिक स्पाइनको १२ वटा हड्डीको सृङ्खला हुन्छ । यसलाई माथिबाट तलसम्म  T1 बाट T12 भनिन्छ । T1 सबैभन्दा सानो र T12 सबैभन्दा ठूलो थोरासिक हड्डी हो । थोरासिक सृङ्खलाका सर्वाइकल हड्डिहरुभन्दा ठूला हुन्छन । यो भाग छातीसँग पनि जोडिएको हुन्छ । करङसँग पनि जोडिएकाले यो भाग केही बलियो हुन्छ ।

लम्बर स्पाइन
लम्बर स्पाइनमा ५ वटा हड्डीका टुक्रा हुन्छन जसलाई  L1 देखि L5 ले चिनिन्छ ।  यसका प्रत्येक हाडका  आकार-प्रकार यसरी डिजाइन गरिएको हुन्छ कि  शरीरको अधिकांश भार उठाउन सकोस । लम्बरका हड्डीका प्रत्येक संरचना तत्त्व, सर्वाइकल और थोरासिक क्षेत्रमा रहेका त्यसका बराबर अन्य मेरुदण्डका हड्डीका तुलनामा केही मोटो ठूलो र फराकिलो हुन्छ । ।

क्रल स्पाइन
सक्रम कम्मरको ठीक मुनि हुन्छ। पाँच हड्डि (S1 बाट S5) त्रिकोणीय आकारमा आपसमा जोडिएका हुन्छन ।

परिचय

यो मेरुदण्डको चोटसम्बन्धी सूचना प्रवाह गर्न मेरुदण्डको चोटबाट पीडित एक नेपाली पत्रकारद्वारा नेपाली भाषामा सञ्चालित ब्लग हो । यो ब्लगको मूल उद्देश्य मेरुदण्डको चोट’bout सबै किसिमका सूचना प्रवाह गर्नु हो । यसका सामग्री प्रतिलिपि अधिकारद्वारा संरक्षित भए पनि व्यावसायिक वा विज्ञापन प्रयोजनबाहेक सबैले उपयोग गर्न सक्नु हुनेछ । विशेष गरी कुनै पनि सञ्चारमाध्यममा यस्ता सूचना प्रवाहित गरिदिनु भएमा हामी अनुग्रहित हुन छौं ।