स्वास्थ व्यवस्थापन

नेपालमा स्पाइनल इन्जुरी अर्थात मेरुदण्डको चोटबाट अहिलेसम्म १५००० भन्दा बढी नेपालीहरु प्रभावित भइसकेका छन् । नेपालजस्तो मुलुकमा अहिलेसम्म मेरुदण्डको चोट र त्यसको प्रभाव’bout सही सूचना प्रवाह हुन सकेको छैन । हरेक वर्ष ५०० नेपालीलाई मेरुदण्डको समस्या पर्ने गरेको छ । अधिकाङ्स नेपालीहरु रुखबाट खसेर वा घरको माथिल्लो तलाबाट खसेर मेरुदण्डको चोटबाट ग्रसित हुने गरेका छन । नेपालमा मेरुदण्ड /सुषुम्ना’bout स्पेशलाइजेशन गरेका डाक्टरहरुको अभाव छ । हाडजोर्नी वा स्नायु सम्बन्धी डाक्टरले नै यस्ता बिरामी पनि हेर्ने गरेका छन । वास्तवमा यो दुबैसँग सम्बन्धित गम्भीर समस्या हो ।

दुर्घटनामा परेको ८ घण्टाभित्रमा Methylprednisolone (Medrol) को इन्जेक्सन लगाउन सकिएमा सुषुम्नाले पुन काम गर्नसक्ने स‌भावना रहन्छ । तर नेपालमा यस’bout त्यति जानकारी नहुँदा यो इन्जेक्सन कमैले मात्र प्रयोग गरिरहेका छन । दुर्घटनास्थलबाट बिरामीको टाउकोदेखि कम्मरको भाग नचल्ने गरी विशेष रुपमा सुताएर अस्पतालसम्म पुर्याउने व्यवस्था गर्नु पर्छ ।

मेरुदण्डको चोट लागिसकेपछि स्वास्थ्यको ब्यवस्थापन महत्वपूर्ण कुरा हो । यस्ता विरामीलाई सही ढ‌गले पुनर्स्थापना गर्नु पर्छ । सबै उपकरण र विशेषज्ञसहितको पुनर्स्थापना केन्द्र नभए पनि बनेपा र पोखरामा पुनर्स्थापना केन्द्रहरु छन । यी पुनर्स्थापना केन्द्रहरुमा स्वास्थ्य व्यवस्थापन’bout आधारभूत कुरा र व्हिलचेयर चलाउन सिकाइन्छ । सुषुम्नामा अर्ध चोट लागेका व्यक्तिहरु पुनर्स्थापना प्रकृयामै फेरि हिड्न पनि सक्छन । सामान्यत सुषुम्नामा अर्ध चोट लागेका व्यक्तिहरु १८ महिनासम्म सामान्य अवस्थामा फर्कने सम्भावना रहन्छ ।
पुनर्स्थापना
ओच्छयाने घाउ (बेड/प्रेसर सोर)
एकै स्थानमा लामो समयसम्म बसिरहेका कारण छालामा दबाब परेर उत्पन्न हुने घाउ नै ओच्छ्याने वा दबाबी घाउ हो । सुरुमा छालाको कुनै भाग दबिएर रातो बन्ने र पछि विस्तारै छालामा घाउ बनेर मासुको भाग हुँदै हड्डीसम्म पुग्ने अवस्था आउन पनि सक्छ । नेपालमा अधिकांस सुषुम्नाका चोटका विरामीहरु यस्तै समस्याका कारण मृत्युको मुखसम्म पुगेको पाइन्छ ।
लामो समयसम्म एउटै अवस्थामा बसिरहेमा वा एकै अवस्थामा  सुतिरहेमा त्यसको दबाबले रगत सबै कोषिकामा पुग्न पाउँदैन र दबाब परेको सम्बन्धित भागको कोषिका मर्न थाल्छ । सामान्य अवस्थामा स्नायुले यो अवस्थाको सूचना मतिष्कसम्म पठाउँछ र आम मानिसले आफ्नो बसाई वा सुताईको अवस्थितिमा परिवर्तन गर्न सक्छन, तर सुषुम्नामा पुगेको क्षतिले स्नायु प्रणालीले सही ढंगले काम गर्न पाउँदैन र स्नायुले पठाएको सूचना मतिष्कसम्म पुग्दैन ।
त्यही भएकाले सुषुम्नाको चोट लागेका व्यक्तिहरुले आफ्नो अवस्था परिवर्तन गर्ने तरिका सिक्न जरुरी छ । उदाहरणका लागि व्हीलचेयरमा बस्नेहरुले हातको बल प्रयोग गरेर हरेक ३० मिनेटमा ३० सेकेन्ड उठ्न जरुरी छ । यदि छालामा देखिएको रातोपन ३० मिनेटमा पुनः पूर्वावस्थामा नआएमा ओच्छाने/दबाब घाउ भएको अनुमान गर्न सकिन्छ ।

सुषुम्नामा चोट लागेका व्यक्तिहरुलाई विशे ष गरी ओच्छाने घाउबाट बचाउनु पर्छ । अन्य सामान्य मानिसहरुभन्दा सुषुम्नाको चोट लागेका व्यक्ति फरक हुने भएकाले हरेक ३० मिनेटमा ३० सेकेन्डका दरले उभ्याउने (हातको बल प्रयोग गरेर आफै उभिने) सुत्दा २/२ घण्टामा कोल्टे, उत्तानो र कोल्टे फर्कने वा फर्काउने गरिरहनु पर्छ ।

प्रारम्भिक हेरचाहः

  • यस्तो अवस्थामा दबाब नपर्ने गरी बसाई/सुताईको अवस्था परिवर्तन गर्ने ।
  • घाउलाई सफा राख्ने । सरसफाईमा विशेष ध्यान दिने । विस्तारै किटाणुरहीत बनाउन साबुन र मनतातोपानीले धुने र किटाणुरहीत झोल -डिटल, बेटाडिनजस्ता)ले सफा गरे अझ राम्रो
  • खानपिनमा ध्यान दिने, विशेष गरी पर्याप्त प्रोटिन, क्यालोरी।भिटामिन ए, सी, जिंक र  आइरनप्राप्त हुने खानामा ध्यान दिने । स्वस्थ छालालाई यी तत्वहरु आवश्यक छन ।
  • आफूले प्रयोग गर्ने ओच्छ्यान, व्हीलचेय कुसन, ओच्छ्यान/कमोट स्थान्तरणमा विशेष ध्यान दिने
  • यदि घर्षणका कारण घाउ भएको हो भने घाउको ड्रेसिङमा विशेष ध्यान दिने
  • यति गरेर पनि घाउ कम नभएमा तत्काल स्वास्थ्यकर्मीहरुको सहयोगमा ड्रेसिङ गराउने

पिसाबसम्बन्धी समस्या
शरीरको मुत्रप्रणालीमा प्रमुख अंगहरुले काम गर्छन । मृगौलाले पिसाब बनाउँछ । युरिनरी ब्लाडर -मुत्राशय)ले पिसाब जम्मा गर्छ र मुत्रमार्ग -युरेथ्रा)मारफत बाहिर पठाउँछ । मृगौलाले शरीरमा जम्मा भएको खराब पानी र रगतलाई छानेर पिसाब बनाउँछ । मृगौलाले नलीहरुमार्फत मुत्रासयमा पिसाब पठाउँछ । मुत्रासयलृ अस्थाई रुपमा पिसाब जम्म गरेर राख्छ । मुत्रासयको मांसपेशीहरु यसरी बनेका हुन्छन कि यसमा दुई कप पिसाब जम्मा भएर बस्छ । जब यी मांसपेशी खुम्चिन्छन, तब पिसाब मुत्रनली हुँदै बाहिर निस्कन्छ ।
तर सुषुम्नाको चोट लागेका व्यक्तिका लागि भने यो प्रकृयाले सामान्य ढंगले काम गर्न सक्दैन । सुषुम्नाको अन्तिम भागमा रहेको स्नायुले मुत्रप्रणालीले कसरी काम गर्ने हो भनेर नियन्त्रण गरिरहेको हुन्छ । तर सुषुम्नाको चोटले मृगौलाको पिसाब संकलन गर्ने र मुत्रासयमा जम्मा हुने कामलाई भने अवरुद्ध तुल्याउँदैन । सुषुम्नाको चोटपछि स्नायुले मुत्रथैली र त्यसभित्रको मांसपेशी तथा मष्तिष्क बीचको सूचना आदानप्रदानमा समस्या उत्पन्न गर्छ । जसका कारणले सहज ढंगले पिसाब आउने क्रम रोकिन्छ । सामान्य भाषामा भन्नु पर्दा मुत्रथैली भरियो, अब पिसाब फेर भन्ने सूचनानै मतिष्कले लिने र मतिष्कले सम्बन्धित अंगलाई त्यसको आदेश प्रवाह गर्न सक्दैन ।
व्यवस्थापनः
यसरी शरीरले स्वतः मुत्राशय खाली गर्न नसक्ने अवस्थामा ब्लाडर व्यवस्थापन प्रणालीसँग परिचित हुनु जरुरी छ । यो प्रणालीबाट मुत्रथैलीलाई नरम पाइप -क्याथेटर)को माध्यमबाट खाली गरिन्छ । यसबाट पिसाबसँग सम्बन्धित दुर्घटनाबाट बच्न र संक्रमण रोक्न मद्दत पुग्छ ।
मेरुदण्डमा परेको चोटको स्तरले डाक्टरहरुलाई पिसाबको व्यवस्थापन कसरी गराउने भन्ने भर पर्छ । किनकी हरेक व्यक्तिको चोटको स्तर फरक हुन्छ, त्यसैले डाक्टरहरुले मुत्रथैलीले कसरी काम गरिरहेको छ भन्ने पत्ता लगाउनका लागि केही परिक्षण गर्नु पर्छ, तर बिडम्बनाको कुरा नेपालमा पिसाबसम्बन्धी विशेषज्ञ थोरै मात्र छन ।

सुषुम्नाको चोट लागेका व्यक्तिलाई दिसा पिसावको अनुभव हुन नसक्ने भएकाले सेल्फ क्याटेटर गरेर हरेक तीन चार घण्टामा पिसाब फेर्ने फेराउने गरिन्छ यसका लागि पुनर्स्थापना केन्द्रहरुमा पनि सिकाइन्छ । विशेष गरी गर्दनको हाड भाँचिएका व्यक्तिको पिसाब रोकिएर रक्त प्रवाहमा समेत असर परी अनुहार रातो हुने टाउको दुख्ने समस्या देखा परेमा तुरुन्त अस्पताल लगिहाल्नु पर्छ ।

टिप्पणी छोड्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी छैन ।

Comments RSS TrackBack Identifier URI

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )