स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र

मेरुदण्डको उपचारमा स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र

भगवती तिमल्सिना/साधना हेल्थ

रामेछापकी २१ वषर्ीया उमादेवी मगर घाँस काट्न जाँदा रुखबाट लडेर ढाड भाँच्चियो र शरीरको कुनै पनि अंग नचल्ने भयो । करिब डेढ वर्षघि उनी उपचारका लागि स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा भर्ना भइन् । यस संस्थामा आउँदा उनको शरीरको माथिल्लो-तल्लो भागका कुनै पनि अंगहरु चल्दैनथे । दिसा-पिसाब आएको समेत पत्तो हुँदैनथ्यो । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा लाग्ने खर्च जुटाउन अत्यन्तै कठिन थियो ।

उनको अवस्थालाई हेरेर इन्जुरी पुनर्स्थापना केन्द्रले नै आर्थिक सहयोग जुर्टाई तालिमलगायतका कार्यक्रममा भाग लिन लगायो ।   दाताको सहयोगमा उनले यही केन्द्रबाट सिलाइलगायत पुनर्स्थापना तालिम १ सय २८ दिनमा पूरा गरिन् । तालिमले उनका हात चलाउन सक्ने र दिसा-पिसाब समयमा गर्ने बानीको विकास गरायो । यसका अलावा ह्वील चियरलाई आफैंले गुडाउने काम पनि सिकायो । उमालाई यी सिकाइले खुशी दियो र उनी सधैँ हँसिली देखिन थालिन् । म केही गर्न सक्छु र गर्छु भन्ने भावना उनमा पैदा भयो । अहिले उमा आफ्नै गाउँ रामेछापमा फर्किई परिवारका अन्य सदस्यहरुको सहयोगमा सिलाइ-बुनाइको कार्य सञ्चालन गर्ने अठोट लिएर संर्घष गर्दै छन् ।spinal-ph3-5

विभिन्न कारणले ढाड भाँच्चिएर नचल्ने भएपछि प्रायः जीवनभर नै शरीर नचल्ने अवस्थामा पुग्छ तर कुशल उपचार, तालिम, धर्ैयता र आत्मबलका कारण यसमा धेरै सुधार भएका घटनाहरु भने पाइएका छन् ।

३५ वषर्ीय माइला नगरकोटी करिब दर्ुइ वर्षघि घरको अग्लो ठाउँबाट खसेर घाइते भए, जसका कारण उनी हातखुट्टा चलाउन नसक्ने अवस्थामा पुग्ो । त्यसको केही महिनापछि उनी यही पुनर्स्थापना केन्द्रमा उपचारका लागि भर्ना हुन पुगे । केन्द्रमा आउँदा उनी शारीरिक रुपमा अति कमजोर थिए । उनको शरीरको तल्लो तथा माथिल्लो भागसमेत चलाउन सक्ने अवस्था थिएन । दिसा-पिसाब पनि नियन्त्रण गर्न सक्दैनथे ।

यस संस्थामा भर्ना भएपछि उनले फिजियोथेरापी, अकुपेस्नल थेरापी, पिएर काउन्सिलिङ आदि सेवाहरु प्राप्त गरे । साथै उनले मैनबत्ती बनाउने व्यावसायिक शिक्षा पनि पाए । उनकी बहिनीले पनि उनीसँगै मैनबत्ती बनाउने तालिम लिइन् । दर्ुइ महिनाको तालिमपछि उनले आफ्नो ह्वील चियर आफैं चलाउने, दिसा-पिसाब समयमा गर्न सक्ने भए । अहिले उनकी बहिनीसँगै उनी काठमाडौंमा बसेर मैनबत्ती बनाउँछन् र आफ्नो जीवन आफैं चलाउन सक्ने हँुदै आएका छन् ।

त्यस्तै पत्रकार गजेन्द्र बुढाथोकी मोटरसाइकल दुर्घटनामा परी कम्मरदेखि मुनिको भाग नचल्ने अवस्थामा शिक्षण अस्पताल महाराजगन्ज, बीएन्डबी अस्पताल ग्वार्कोमा उपचार गराई पछिल्लो समय स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र बनेपामा पुगेका थिए । डेढ महिना ह्वील चियर गुडाउने र शारीरिक क्षमतालाई कसरी आफ्नो अनुकूल चलाउने भन्ने’boutमा उनले त्यहाँ तालिम लिएर आत्मविश्वासका साथ फर्किएका छन् । अहिले उनी ह्वील चियरमा बसेर अनलाइन पत्रकारिता पेसामा सम्लग्न भएका छन् । यो पुनर्स्थापना केन्द्र नेपालकै पहिलो र राम्रो भएको उनको अनुभव छ ।

सन् २००१ को अगष्टमा पत्रकार कनकमणि दीक्षित पहाडी क्षेत्रको पदयात्राका क्रममा एउटा ठूलो  दर्ुघटनामा परेका थिए । यस क्रममा उनलाई पनि स्पाइनल कर्ड इन्जुरी भएको थियो । त्यसको उपचारका लागि निकै लामो समय लागेको थियो । त्यस बेला स्पाइनल कर्ड इन्जुरीको उपचार गर्ने नेपालमा छुट्टै उपचार केन्द्र थिएन । तर यस किसिमको उपचार केन्द्रको आवश्यकताचाहिँ सबै पक्षबाट महसुस गरिएको थियो । यसै कारणले पत्रकार दीक्षितलगायत उनका मित्रहरुले यस्ता इन्जुरी भएकाहरुलाई उपचार सेवा पुर्‍याउने उद्देश्यले सन् २००२ अप्रिल ७ मा काठमाडांैको जोरपाटीमा नेपालमै पहिलो पटक मेरुदण्डको चोट -स्पाइनल इन्जुरी) भएका व्यक्तिहरुलाई पुनर्जीवन दिने उद्देश्यले स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको स्थापना गरिएको सोही संस्थामा कार्यरत स्टाफनर्स जयन्ती खनाल बताउँछिन् ।

यो केन्द्रले २०६५ कात्तिक २२ गतेदेखि काभ्रेको साँगामा व्यवस्थित भवन निर्माण गरी स्पाइनल इन्जुरी भएका बिराdsc05131f-3मीको उपचार सुरु गरेको छ । नेपालमा मेरुदण्डमा चोट

-स्पाइनल इन्जुरी) भएका मान्छेहरुको संख्या यकिन नभए पनि बनेपास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा उपचारका लागि आउनेको सख्यालाई हेर्दा यस्ता बिरामीको उपचारका लागि छुट्टै अस्पतालको खाँचो भएकाले नै यो केन्द्रको स्थापना गरिएको महसुस हुन्छ ।

यस केन्द्रमा आउने बिरामीहरुका लागि सेवा-सुविधाहरु सहजरुपमा प्रदान गरिएकोमा बिरामी र उनीहरुका परिवारले यस केन्द्रलाई पुनर्जीवन दिने केन्द्रको उपनामले चिनाउने गरेको अहेव रामकुमार खड्का बताउँछन् । यस केन्द्रमा स्पाइनल इन्जुरी भएका बिरामीको मात्र उपचार गराइने र स्थापनादेखि १९ नोभेम्बर २००८ सम्ममा ५ सय ६८ जनाले सेवा लिएको उनले जानकारी गराए ।

यस संस्थाको सञ्चालक समितिमा पत्रकार कनकमणि दीक्षित, अर्थोपेडिक डा.अनिल श्रेष्ठ, डा.शान्ता दीक्षित, समाजसेवी कुमोदिनी श्रेष्ठ, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, तासीजंगबु शर्ेपा र समाजसेवी मिरा ज्योति रहेका छन् ।

यो पर्ुनस्थापना केन्द्रको प्रमुख उद्देश्य स्पाइनल इन्जुरी भएका व्यक्तिहरुलाई शारीरिक, मानसिक, आर्थिक र सामाजिक रुपमा पुनर्स्थापित गराउनु रहेको बताइएको छ । यो अवस्थामा कसरी पुग्ने भन्ने’boutमा तीन महिनासम्म गुडाउने कर्ुर्सर्ीीह्वील चियर) मा राखेर घाइतेको शारीरिक अवस्थाअनुसार के गर्न सकिन्छ भन्ने’boutमा बिरामी र परिवारलाई तालिम दिने एवम् सक्षम बनाउने काम गरिन्छ । कुनै पनि अवस्थाका दर्ुघटनामा परेका व्यक्तिलाई स्पाइनल इन्जुरी हुन सक्छ । पहिले-पहिले भरियाको रुपमा काम गर्दाको अवस्था, घाँस-दाउरा काट्दा, भिरालो ठाउँबाट लड्दा दर्ुघटना भई स्पाइनल इन्जुरी हुने गर्दथ्यो भने अहिलेको अवस्थामा बढी सवारी दर्ुघटनाको कारण यस्ता बिरामीको संख्या ह्वात्तै बढ्ने गरेको केन्द्रले जानकारी दिएको छ ।

मेरुदण्डभित्र हुने नसा नष्ट हुँदा शरीरका विभिन्न अंगहरुले काम गर्दैनन् । नेपालमा स्पाइनल इन्जुरीका घटना थुप्रै भए तापनि सन् २००२ सम्म कुनै यस्ता खालका पुनर्स्थापना केन्द्रको सुरुआत गरिएको थिएन । यस किसिमका बिरामीको उपचारका लागि खर्च पनि निकै पर्ने र समय पनि निकै लाग्ने हुनाले सामान्य मानिसका लागि यो उपचार निकै कठिनपूर्ण बन्छ । यसका लागि सहयोगको आवश्कता पर्न सक्छ ।

यो नाफारहित पुनर्स्थापना केन्द्रको स्थापना तथा विकासका लागि विभिन्न व्यक्ति तथा  संघसंस्थाहरुले सहयोग गरेको जानकारी गराइएको छ । दर्ुघटनामा परी आप\mनो शारीरिक अवस्था कमजोर भएका कारण कुनै पनि व्यक्ति दुःखी र पीडित हुनु नपरोस् र पहिलाकै झैँ काम गर्न सक्ने अवस्थामा पुगून् भन्ने उदेश्यले यो पुनर्स्थापना केन्द्रको स्थापना गरेको बताइएको छ । सन् २००२ मा जोरपाटीमा यो स्ांस्थाको विश्वप्रख्यात व्यक्तित्व एड्मन हिलारीले उद्घाटन गरेका थिए ।

सन् २००८ नोभेम्बरमा फिलानथ्रोपिकको सहयोगमा काभ्रेको साँगामा आफ्नै भवन निर्माण गरी हाल ४० शय्या क्षमताको केन्द्र सञ्चालनमा ल्याइएको छ । विगतमा जोरपाटीमा यस केन्द्रको २५ शय्या क्षमता थियो । सोही केन्द्रले अहिले पहिलो चरणमा आफ्नै स्वामित्वमा केन्द्रको स्थापना गरी ४० शय्या सञ्चालनमा ल्याएको छ र दोस्रो चरणमा यसलाई वृद्धि गरी ६० शय्या क्षमताको बनाउने लक्ष्य लिएको जानकारी गराइएको छ । यो केन्द्रमा नयाँ-नयाँ प्रविधिका साथै गुणस्तरीय सेवा-सुविधा थप गर्दै जाने पनि केन्द्रको लक्ष्य रहेको बताइएको छ ।

मेरुदण्डमा चोट पुगी अशक्त भएर पीडाबोध गरिरहेका बिरामीलाई यस केन्द्रमा दैनिक १ सय ५० रुपियाँ शुल्कमा सेवा उपलब्ध गराइँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका पीडित व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाएर भए पनि उपचार गर्ने गरिएको  केन्द्रकी कर्मचारी ओजस्पी थामीले जानकारी गराइन् । यस्ता बिरामीका लागि आर्थिक सहयोग गर्न चाहने संघसंस्था तथा व्यक्तिहरुसँग वाषिर्क रुपमा अमेरिकी डलर ५ हजार र तीन महिनाको १ हजार ५ सय डलर सहयोग लिने गरिएकोे थामीले बताइन् ।

केन्द्रले संस्था सञ्चालनका लागि सरकारबाट आर्थिक सहयोगको अपेक्षा पनि गरेको छ । तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले केन्द्रको नयाँ भवन उद्घाटनका अवसरमा २०६५ कात्तिक २२ गते केन्द्रलाई नेपाल सरकारको तर्फाट आर्थिक र सामाजिक रुपमा सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए तर यस किसिमको सहयोग हालसम्म प्राप्त नभएको जानकारी गराइएको छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि आर्थिक सहयोग जुटाउन र सरकारलाई ot-4बिजुलीको उत्पादनमा ध्यानाकर्षा गराउन बिजुलीबाट चल्ने ६० वटा गाडी, मोटरसाइकल काठमाडौंदेखि साँगासम्म र्‍यालीका रुपमा ल्याइएको केन्द्रका संस्थापक कुन्दा दीक्षितले जानकारी गराएका छन् ।

अबका दिनमा यस्ता दर्ुघटनामा परेका व्यक्तिले आफ्नो जीवनलाई धिक्कार्नु नपरोस् र आर्थिक अवस्था कमजोर भएका कारण उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले संस्थाले आर्थिक स्रोत जुटाउन स्वदेशी तथा विदेशी संघसंस्थाहरु र व्यक्तिसँग पनि आर्थिक सहयोग संकलन गर्ने अभियानको थालनी गरेको दीक्षितले बताएका छन् ।

यो केन्द्र स्पाइनल इन्जुरी भएका बिरामीहरुको लागि जीवन जिउने आशाको केन्द्र बन्न केही हदसम्म सफल भएको छ । दुर्घटनामा परेर मेरुदण्डले काम नगर्नुलाई कसैले भाग्यको खेल र भगवान्को कृपा नभनी छिटोभन्दा छिटो उपचार गराएर पुनर्स्थापित जीवन जिउन प्रोत्साहन गर्नु अन्य सबैको दायित्व हो ।

१ टिप्पणी

  1. मेरो नाम खड्ग बहादुर हो !मेरो २०६१ साल मा बीधुत को काम को शील शीला मा दुर्घटना हुदा मेरो मेरुदण्ड को t ८ मा चोट लागेर मेरो आधा सरीर ले काम नगरेर हाल व्हील्चैर को भर मा जीबन यापन गरी राखे को छु ! मलाई कुनै पनी प्रकार को सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क को लागी ९८४६१७०३२४


Comments RSS TrackBack Identifier URI

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )