मेरुदण्डको पक्षघात बढ्दो

जीवनयापनको क्रममा भीर, रुखबाट लडेर …मेरुदण्ड पक्षघात’ हुनेहरुको संख्या बढ्दो क्रममा रहेको छ। राजधानीमा २०६६ साउन २५ गते भएको मेरुदण्डको चोटका कारण पक्षघात भएका व्यक्तिहरुको राष्ट्रिय परामर्श गोष्ठीमा परामर्श दिने क्रममा विज्ञहरुले सो जानकारी दिएका हुन। नेपालमा मेरुदण्डको चोटका कारण पक्षघात भएका रोगीहरुको संख्या १७ हजारभन्दा बढी भएको अनुमान सम्बन्धित चिकित्सकको छ।
काठमाडौं मोडल अस्पतालका न्यूरो सर्जन बसन्त पन्तका अनुसार नेपालमा भीरबाट , रुखबाट खसेर मेरुदण्ड भाँचिनेहरुको संख्यामात्र ७० प्रतिशत छ। …हामीकहाँ जीवनयापनकै क्रममा यो समस्या बढी हुने गरेको छ’– पन्तले भने।
सक्रिय उमेरका मानिसहरुमा यो समस्या बढी हुने गरेको पन्त बताउँछन। उनका अनुसार बच्चाहरुको शरीर लचिलो भएकाले समस्या नरहने र बुढापाका जोखिमपूर्ण कामा नजाने गर्दा यो समस्या सक्रिय उमेरमा बढी हुने गरेको हो।
१६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई बढी चोटपटक लाग्ने गरेको विशेषज्ञ बताउँछन।,
नेपालमा मेरुदण्डको घाइते बढ्दो रुपमा रहेको उनीहरुको भनाई छ। …भीरबाट लड्ने र सडक दुर्घटनामा परेर यो समस्या बढ्दै छ, तर सरकारले यो समस्या बुझ्न सकेको छैन’– नेपाल स्पाइनल इनजरी पुनर्स्थापना केन्द्रका अध्यक्ष कनकमणि दीक्षितले सरकारी नीतिलाई इंगित गर्दै भने।
डा. पन्तका अनुसार मेरुदण्डमा चोटपटक लाग्दा तथा अन्य कारणले पक्षघात हुने समस्या बढेको हाृ। मेरुदण्डमा चोट लागेको भागदेखि तलका भाग नचल्नुनै मेरुदण्डको पक्षघात हो। यो समस्या केही मात्रामा समाधान हुने भए पनि धेरैजसो उपचार नगरेर पनि निको नभएपछि समस्या रहिरहन्छ। …नेपालले अन्तर्राष्ट्रिय स्तरमै यो रोगको उपचार गर्न सक्छ तर कतिपय उपचार गरेर पनि सम्भब हुँदैन’ डा. पन्तले भने। उनका अनसार घाइते भएको १४ दिन काटेपछि पक्षघातबाट बचाउने सम्भावना कम हुन्छ।
पक्षघातपछि पनि मानसिक स्थिति बलियो हुने भएकाले यस्ता व्यक्तिलाई रोगीका रुपमा लिन नहुने डा. पन्तको भनाई छ। …खुट्टा चल्दैन, तर दुःख्छ, दिमागले राम्ररी काम गर्छ’– डा. पन्तले भने।
पक्षघात भएपछि पनि यस्ता व्यक्तिलाई पुनःस्थापना गरी राष्ट्र र परिवारको हितमा प्रयोग गर्न सकिने धारणा विज्ञहरुको छ।
मेरुदण्डको पक्षघात भएका व्यक्ति तथा  तिनका परिवारले समस्याबारे परामर्श नहुँदा समाजमा समस्या भोग्नु परेको डा. पन्त बताउँछन। मनोपरामर्श, अन्य परामर्श, चिकित्सा परामर्श आर्थिक सशक्तिकरणजस्ता पक्षमा ध्यान दिनु पर्ने उनको सुझाव छ।
गोष्ठीमा सहभागी हाडजोर्नी विशेषज्ञ अनिलबहादुर श्रेष्ठ तथा पत्रकार कनकमणि दीक्षितले देशव्यापी रुपमा मेरुदण्डको पक्षघातसम्बन्धि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिए। अस्पतालमा मेरुदण्डका घाइतेका लागि पुनस्थापाना खोल्नु पर्ने डा. श्रेष्ठको भनाई थियो।
गोष्ठीमा देशका विभिन्न भागबाट मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको सहभागिता थियो। गोष्ठीका जनयुद्ध घाइते, लोकगायक खड्ग गरबुझा, पप गायक रवि बज्राचार्यलगायतका व्यक्तिहरु सहभागी छन।
नागरिक दैनिकमा पवित्रा सुनारको रिपोर्ट

Leave a Comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.