दुर्घटना वा अन्य कारणले मेरुदण्डमा चोट लागेमा मेरुदण्डको बीचबाट जाने सुषुम्नामा चोट लागेपछि गतिशीलता वा अनुभूति नै अवरुद्ध हुन पुग्छ । विशेष गरी मोटर वा मोटरसाइकल दुर्घटना, घर वा रुखबाट खसेर अथवा मेरुदण्डमा हुने क्षयरोग, पोलियो स्पीना बिफिदाजस्ता रोगका कारण मेरुदण्डमा चोट पुग्छ । मेरुदण्डमा चोट पुग्नासाथ यसले आफूले गर्नु पर्ने आधारभूत काम गर्न सक्दैन, [...]
